newskoseli.Com

म्याग्दीको टिमुर अस्टेलिया निकासी

 यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ ।

बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्टेलिया निकासी भएकाे छ । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्टेलियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले जानकारी दिए ।
“यहाँबाट पठाएको टिमुरको गुणस्तर राम्रो भएको प्रतिक्रिया आएको छ,” बानियाँले भने “यसै वर्ष थप २० किलोग्राम टिमुर पठाउने तयारीमा छाै ।” आगामी वर्षदेखि गाउँमै प्रशोधन र प्याकेजिङ गरी निकासी गर्न पहल गर्न उनले  भने ।

यसअघि विस २०७१ मा जर्मनीमा बजार परीक्षणका लागि ८० किलो टिमुर पठाइएको थियो । टिमुर अचार, दाल र चटनीमा तथा शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । न्यूनतम प्रतिकिलो  १ हजार ४००रूपैयांका दरले टिमुर बिक्री हुन्छ  ।
यस वर्ष तोरीपानीबाट  ३० लाख २ हजार रूपैयांकाे २ हजार १६४ किलो टिमुर निकासी भएको छ । अस्टेलियामा १८० किलो, मुस्ताङमा २०८, बेनीमा ४९६, पोखरा र काठमाडौँमा एक हजार २८० किलो टिमुर निकासी भएको छ । टिमुर बेचेर एउटा परिवारले वर्षमा रु ६० हजारसम्म आम्दानी गर्ने गरेका भुमेसिद्ध टिमुर सञ्जाल घतानका आनन्द रिजालले भने ।

सञ्जालअन्तर्गत १९ वटा समूहमा आबद्ध करिब १०० घरधुरीले व्यावसायिक टिमुरखेती गरेका  छन् । तोरीपानीमा टिमुरको नर्सरी समेत छ । यस वर्ष ५० हजार टिमुरका बिरुवाको माग आएको नर्सरी सञ्चालक सागर बानियाँलले भने । लमजुङ र पाल्पाबाट ४५ हजार तथा म्याग्दीबाट ५ हजार बिरुवाको माग आएको उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर