newskoseli.Com

व्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक

l;:g’kfgL g]kfnsf] cfof]hgfdf b]jL l3ld/]åf/f lnlvt e’F8Lk’/f0f k|sfzgåf/f k|sflzt lgjGw xf:o JoªUo k’:ts yKk8 sf] /fi6«slj dfwjk|;fb l3ld/] / Pdfn] g]tf ;’jf; g]Djfªåf/f ;+o’Qm?kdf ljdf]rg ug'{ x’Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

शनिबार राजधानीमा हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘थप्पड’ को पूर्वसभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले हास्यव्यङ्ख्यमार्फत राजनीति विकृत भएको कुरा धेरै आउने गरेको उल्लेख गर्दै राजनीति नै सबैको नीति भएको हुँदा यसलाई सबैले सुधार गर्नु जरुरी भएको बताए ।

राष्ट्रकवि घिमिरेले शरीरका प्रत्येक अङ्गको व्याख्या गरिएको कृतिमा छोटाछोटा अनौठा निबन्धले नेपाली साहित्यलाई राम्रो सामग्री पस्किएको विचार व्यक्त गरे ।

“हास्यव्यङ्ग्य टेलिसिरियलमा उत्तेजकभन्दा पनि समाज परिर्वतन गर्ने खालका हुनुपर्छ, समाज परिवर्तन गर्ने खालका हास्यव्यङ्ग्य हेर्न मलाई पनि मनपर्छ”– राष्ट्रकवि घिमिरेले भने ।

लेखक घिमिरेले जिन्दगीमा थप्पड खाने ठाउँ धेरै हुने भए पनि आफूले राष्ट्रका लागि समर्पण गर्नुपर्ने बताउँदै त्यसैप्रति लक्षित गरेर आफूले निबन्ध लेखेको बताए ।

शिक्षासेवी डा. रामप्रसाद ज्ञवाली, सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्य र बालकलाकार अनुज्ञा नेपालले हास्यव्यङ्ग्यकार घिमिरेका बारेमा जानकारी दिँदै बहुप्रतिभाशाली र राष्ट्रको हितमा काम गर्ने व्यक्तिका रुपमा चित्रण गरे ।

सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यकार घिमिरेलाई सिस्नुपानी शैलीबाटै १ सय ८ किलाको माला लगाएर सम्मान गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर