newskoseli.Com

एउटै जिल्लाबाट १२ करोडको सुन्तला निकासी

यस वर्ष पाल्पाबाट २ करोड रूपैयाँको सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि उत्पादनमा आएको बृद्धिसँगै निकासी समेत बढेको हो ।

पाल्पामा उत्पादित सुन्तला ठूलो मात्रामा रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा समेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् ।

‘जिल्लाको हिमाली क्षेत्रको जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो’, जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भनिन्– ‘जिल्लाका हिमाली क्षेत्रका करिब २ हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् ।’

जिल्लाका छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त मानिएका छन् । पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा भारतीय सुन्तालाको कारोबार यहाँ उच्च रहेको देखिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर