newskoseli.Com

२२औं जनयुद्ध दिवस : पूर्वजनमुक्ति सेनाका महिला सबै असन्तुष्ट…

जनमुक्तिका लागि भन्दै सशस्त्र द्वन्द्वमा होमिएका महिला योद्धाले अब देशमा शान्ति कायम भई देशलाई समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।

एक्कार्इस वर्षअघि १ फागुनकै दिनदेखि युद्धमैदानमा गएका उनीहरुले तत्कालीन समयमा देखेका सपना पूरा नभए पनि जनताले शान्ति पाउनुपर्ने बताएका छन् । शान्ति सम्झौतापछि प्रमाणीकरणका क्रममा स्वेच्छिक अवकाश लिएका देशभरका पूर्वजनमुक्ति सेनाका महिला प्रथम भेलाका लागि अाइतबार चितवनमा भेला भएका थिए ।

सो अवसरमा उनीहरुले पार्टी फुटेकै कारण जनयुद्धका उपलब्धि रक्षा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिलाई उपलब्धि मान्दै संविधान कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

तत्कालीन समयमा चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा बटालियन कमान्डर भई भूमिका निर्वाह गरेकी रामेछापकी सुनिता गौतम अहिले बैंकबाट ऋण लिएर रसुवाबाट काठमाडौं कन्टेनर सञ्चालन गरिरहेकी छन् ।

Ladies_PLA_Disqualifiedआफू देशमा आमूल परिवर्तनका लागि लडेको बताउने उनले अब देश समाजवादी क्रान्तितर्फ लाग्नुपर्ने बताइन् । जनयुद्धका उपलब्धिलाई संस्थागत गर्दै पिछडिएका जातिको संरक्षण गर्नुपर्ने उनकाे भनाइ छ । पार्टीका लागि मात्र आफूहरुले युद्ध नगरेको बताउँदै उनले असमानता र विभेदको अन्त्य गर्न आफूहरु युद्धमा होमिएको बताइन् । सुनिता भन्छिन्– “अहिलेको परिवर्तनमा खुसी छु तर पूर्ण सन्तुष्ट छैन ।”

सिन्धुली घर भई हाल चितवन बसोबास गर्दै आएकी विमला बराइली पनि शक्तिखोरको तेस्रो डिभिजनमा सहकमान्डर थिइन् । २०५६ देखि उनी पनि परिवर्तनका लागि भन्दै सङ्घर्षमा होमिएकी हुन् ।

देशमा परिवर्तन आए पनि आफू सन्तुष्ट हुन नसकेको उनी बताउँछिन् । विमलाले भनिन्–“हामीले देखेका सपना अझै पूरा भएका छैनन् ।” तर पनि आफू निरास नभएको भन्दै उनले जुन उद्देश्यका साथ युद्धमा लागियो, त्यसले पूर्णता पाउनुपर्ने बताइन् ।

जनयुद्धका क्रममा खुट्टामा गोली लागेर अपाङ्ग जीवन बिताउँदै आएकी बराइलीका श्रीमान् समायोजनमा गए । जुन सपना हामीले लियौं, अब त्यो पूरा गर्नुपर्ने बताउँदै उनले पार्टी विभाजन भएकामा चिन्ता व्यक्त गरिन् ।

रोल्पा घर भई हाल गोरखामा बस्दै आएकी पूर्णा थापा १४ वर्षको उमेरमा २०५४ देखि जनयुद्धमा होमिएकी थिइन् । चौथो डिभिजन अरुण खोलामा ब्रिगेड सहकमान्डर भर्इ प्रमाणीकरणबाट बाहिरिएकी थापा अहिले कुखुरा र माछापालनमा व्यस्त छिन् ।

Ladies PLA1धेरै सपना बोकेर जनयुद्धमा होमिए पनि आफ्ना सपना पूरा नभएको उनले बताइन् । राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ लडेको बताउँदै उनले हतियार छाडेर जाँदै गर्दा रुन मन लागेको बताइन् । “पहिले जुन गतिमा पार्टी चल्थ्यो, अहिले त्यसअनुरुप जान नसक्दा जनयुद्धको मर्म पूरा नहुने हो कि भन्ने चिन्ता लागेको छ”– उनले भनिन् ।

नेतृत्वले जनसेनालार्इ सही ढंगले व्यवस्थापन गर्न नसकेको भन्दै आवश्यक पर्दा मात्र आफूहरुलाई प्रयोग गरिएको उनले बताइन् । पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले भनिन्– “घाइते, अपाङ्ग रोइरहेका छन्, कष्टकर जीवन बिताइरहेका छन् ।”

तेस्रो डिभिजन शक्तिखोरबाट स्वेच्छिक अवकाश लिएकी चितवन फूलबारीकी शान्ता पोख्रेलले सर्वहारा वर्गको उन्नतिका लागि आफूहरुले बलिदानी दिएको भए पनि सपना पूरा हुन नसकेको बताइन् । २०५६ पुस १६ देखि जनयुद्धमा होमिएकी पोख्रेलले घरव्यवहार लथालिङ्ग भएको भन्दै उपलब्धि सार्थक बनाउन नसक्दा धेरैमा निरासा छाएको बताइन् । अझै पनि आशाको त्यान्द्रो बाँकी रहेको भन्दै उनले जुन उद्देश्यका साथ जनयुद्धमा होमिइयो, त्यसलाई सार्थक बनाउनुपर्ने बताइन् ।

Ladies PLA2उनीहरुजस्तै हजारौं महिला जनयुद्धमा होमिएका थिए । उनीहरुमध्ये अधिकांशले युद्धमा जाँदा देखेका सपना पूरा हुन नसकेको गुनासो गर्दै आएका छन् । प्रमाणीकरणको समयमा अधिकांश महिलाले स्वेच्छिक अवकाश रोजेका थिए ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले भेलाको संयोजन गरेको थियो । भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता अमिक शेरचन, जयपुरी घर्ती, उर्मिला अर्याललगायतले जुन सपना बोकेर जनयुद्ध भयो, त्यसकै उपलब्धिका रुपमा गणतन्त्र प्राप्त भएको भन्दै यसलाई सफल बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।

भेलामा ३ सय ५० भन्दा बढी पूर्वजनमुक्ति सेनाका महिलाको सहभागिता रह्यो । भेलाले देवी खड्काको संयोजकत्वमा पूर्वजनमुक्ति सेना महिला विभाग पनि गठन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर