newskoseli.Com

गीतिएल्बम ‘मीतज्यू’ बजारमा

गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सक्ने बताए ।

साहित्यकार चेतन कार्की र सङ्गीतकार सुरेश अधिकारीले ती गीतमा नेपालीपनका साथ स्वदेशको संस्कृतिलाई प्रवर्द्धन खोजिएको विचार व्यक्त गरे । प्राज्ञ श्रवण मुकारुङले नेपाली सङ्गीतका क्षेत्रलाई पुनर्परिभाषित गर्नुपर्ने बताए ।

‘पानी त चिसो तीनधारेको बोली मिठो टारेलीको’ बोलमा अञ्जु पन्त, ‘कहिले भेडी गोठैमा रोदी गाउन पुग्छु’ मा सुनिता थेगिन, ‘झुल्केको घामसँगै यो मन उडिरहन्छ’ मा लासिमित राई, ‘रुम्जाटारे सोल्टी मन गह्रौं भयो’, मा रिमा गुरुङ तथा ‘धेरैपछि भेटेको यो मनलाई राख्ने ठाउँ दिऊँ’ मा भीषण मुकारुङ र सुनिता थेगिनको स्वर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर