newskoseli.Com

धानको मूल्य निर्धारण

 

 जिल्ला मूल्य निर्धारण समितिले आव २०७३÷७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण गरेको छ ।

मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुल बाली बापतको निर्धारण मूल्यअनुसारको रकम भूमिसुधार कार्यालयमा जग्गाधनीको नाममा यही फागुन मसान्तसम्म धरौटी जम्मा गर्नुपर्ने भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले भने।

आव २०७२÷७३ मा समितिले धानको मूल्य प्रतिक्विन्टल रु २ हजार ३०० र मकैको मूल्य प्रतिक्विन्टल रु २ हजार ८०० निर्धारण गरेको थियो । १हजार ७०१ मोहीले रु १ करोड २ लाख ४१ हजार जग्गाधनीको नाममा सो कार्यालयमा धरौटी जम्मा गरेका कार्यालयका लेखा सहायक रामएकवाल राउतकुर्मीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर