newskoseli.Com

किसान छनोट

जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ ।

सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका छन । प्रत्येकले कम्तीमा १० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्ने छ । कार्यालयले जनही रु ४० हजारका दरले अनुदान उपलब्ध गराउने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले भने  ।

कार्यक्रमका लागि जिल्लाका ४९ किसानले कार्यालयमा निवेदन दिएका थिए । स्थलगत मूल्याङ्कन, अनुगमन र ग्राहयताका आधारमा ११ किसान छनोटमा परेको छन । छनोट गरिएकामा लखनपुर ४ का लुखिराम मुर्मु र ५ का चुकि मुर्मु, दुवागढी– ८ का डब्लु विर्जा, शरणामती – ७ का लखिराम मुर्मु, चकचकी – ४ का शिवलाल मुर्मु, जलथल– ७ का शयामलाल मुर्मु र बालुवाडी – ८ का लखिराम मुर्मु रहेका छन् ।

यस्तै कन्काई नगरपालिकाका –७ का बाबुलाल मराङग मई, खजरगाछी – ६ का विपिन हास्दा, केचना – १ का गौरसिंह माझी र जलथल –८ का शान्ति मुर्मु छनोटमा परेका छन् । कृषि तथा पर्यटन महोत्सव भद्रपुरमा करिब छ दशकपछि पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

फागुन १२ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका वडा–५ झापा चोकमा सो महोत्सव हुनेछ । झापा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडाँै महोत्वका आयोजक रहेका छन् । महोत्सवमा १०० वटा कक्ष रहने छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर