newskoseli.Com

धादिङबेंसीमा पशुपंक्षी तालिम केन्द्र

नीलकण्ठ नगरपालिका– ३ धादिङबेंसी पुछार बजारमा निजी क्षेत्रबाट कृषि, वन, पशुपंक्षी उपचार सेवा तथा तालिम केन्द्रको स्थापना गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय तथा विभाग समेतमा गरी ३५ वर्ष सेवा गरी सेवा निवृत्त भएका डा. गुरुप्रसाद खकुरालले सो तालिम केन्द्रको स्थापना गरेका हुन् ।

डा. खकुरालले कृषि, वन तथा पशुपंक्षीसम्बन्धी तालिम, सेमिनार, गोष्ठी सञ्चालन गर्न तथा पशुपंक्षीको परीक्षण गर्न, गोबर र पिसाबको परीक्षण गर्न तथा किसानलाई निःशुल्क परामर्श सेवा उपलब्ध गराउन उक्त तालिम केन्द्र स्थापना गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर