newskoseli.Com

मलको आभावले गहूंखेती प्रभावित

जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा । यस वर्ष गहंुखेती प्रभावित हुने भएको छ ।
रासायनिक मल युरिया नपाउँदा गहँुखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँुखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताउए ।

जिल्लामा करिब साढे ३ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । सरकारले रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएपनि युरिया मलको आभाव भएपछि किसान भारतबाट आयात गरिएको कमसल मल प्रयोग गर्न बाध्य छन् ।

कम्पनीका अनुसार आव २०७२-७३ मा र १८ करोड ९२ लाख ९३ हजारको १० हजार ५०० मेट्रिक टन युरिया, ४६ करोड ३७ लाख २७ हजारको १० हजार ३०५ मेट्रिक टन डिएपी र १ करोड ४१ लाख ३९ हजारको ४५९ मेट्रिक टन पोटास बिक्री भएको छ  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर