newskoseli.Com

ट्राउट माछाको अत्यधिक माग

 कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा ५ वटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले जानकारी दिए । उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपाने बताए ।

सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताए । उनले २ करोडको ट्राउट माछा बिक्री गदै अाएका छन  । “हालसम्म ४ करोड लगानी भइसकेको छ,” उनले भने ।

अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ । यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब १ लाख भुरा बिक्री गरेको गौचनले बताए । कास्कीकै गण्डकी ट्राउट फार्म, माछापुच्छे कृषि केन्द्र, मर्दीखोलाका २ ट्राउट माछा फार्मले ट्राउट माछा उत्पादन गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर