newskoseli.Com

महिलालार्इ तान्यो व्यावसायिक च्याउखेतीले

पथरी–शनिश्चरे, मोरङका अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको शनिश्चरे– १२, पथरीकी पार्वतीदेवी यादव बताउँछन् । ५–५ जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसको बजार पाउन समस्या परेको भए पनि पछिल्लो समय यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताइन् ।

‘सुरुसुरुमा च्याउ बिक्री नभएर १ सय रूपैयाँमा प्रतिकेजी बेच्नुपरेको थियो’, उनले भनिन्– ‘च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बिस्तारैबिस्तारै बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो २ सय रूपैयाँमा बिक्री हुने गरेकाे छ ।’

पुस महिनादेखि सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म २ क्विन्टलभन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताइन् । ‘सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें’, अर्की कृषक नरमाया चौधरीले भनिन्– ‘च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेकाे छ ।’

जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवका अनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक २ सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर