newskoseli.Com

‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन

 घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरेको छ । समितिका पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेका छन । १ वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकाे छ  ।

२८ अाैं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेको उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता गरेर काम गर्दै आएकि छन  । नेपाल घरेलु उद्योग महासङ्घको उपत्यका उपाध्यक्षसमेत रहनुभएकी ताम्राकारले ७५ वटै जिल्लाका उद्योगीलाई उद्योगसम्बन्धी परामर्शसमेत दिँदै आएकि छन  ।

यस्तै मेलामा भोजपुरे खुकुरी पनि आकर्षण ढङ्गले राखिएको छ । हजुरबुबा सिङ्गावीर विश्वकर्माको पेसालाई निरन्तरता दिन उनका नाति पूर्णबहादुर विश्वकर्मा लागेका छन । विस २०४२ देखि खुकुरी निर्माणमा लाग्नुभएका उनले भोजपुरे खुकुरी ह्यान्डीक्राफ्टमार्फत भोजपुरे खुकुरी बनाउँदै आएकि छन ।विश्वकर्माले गत वर्ष मात्र  १ लाख ११ हजार ११ मूल्य पर्ने खुकुरी प्रदर्शनमा राखेकि थिन । सागदेखि मासुसम्म सजिलै काट्न सकिने खुकुरी बनाउने पेसा आफ्ना सन्ततिले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता उनमा छ ।उनले कच्चापदार्थको अभाव र जनशक्ति कम हुँदा खुकुरी बनाउने पेसा सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली हतियारलाई सरकाले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

यसैगरी मेलामा रुकुमका उद्यमी मङ्गलबहादुर वादीले मादल प्रदर्शन गरेका छन् । दसैँ, तिहार, तीज लगायतका महत्वपूर्ण चाडमा धेरै बिक्री हुँदै आउने मादल बेचेर उनले २२ जनाको परिवार पाल्दै आएकि छन । उनको एउटा मादललाई १ हजार ५ सयदेखि  १० हजारमा बिक्री गर्दै आएको बताए । मेलामा नमुना कलेक्सन अचार उद्योग इलामबाट बनाइएको अचार प्रदर्शनमा राखिएको छ । ओखलढुङ्गा औद्योगिक व्यापार मेलामा तेस्रो तथा विराटनगर औद्योगिक मेलामा दोस्रो भएको उक्त उद्योगबाट डल्लेखुर्सानी, मूला, कागती, आँप लगायका अचार प्रदर्शनमा राखिएका छन् ।

इलाम उद्योग वाणिज्य सङ्घको प्रेरणाअनुसार उद्योग सञ्चालन गरेकी कमला बाँस्कोटा (रिजाल) अचार बेचेर मासिक  २० देखि ३० हजारसम्म आम्दानी हुने बताए । उनले भने , “म त एउटा सफल उद्यमी बनेँ मेरा २ ÷ ४जना महिला उद्यमीलाई रोजगार दिने उद्देश्य छ ।” समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्याय देशको सुगम तथा दुर्गम क्षेत्रमा रहेका उद्यमीको सीप, प्रविधि र

उद्यमशीलताको कदर गर्नका लागि मेला आयोजना गरिएको बताए । उनले भने , “स्वदेशी युवा शक्तिलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।” उपाध्ययले घरेलु उद्योगलाई थप प्रोत्साहन गर्नका लागि मेला अवधिभर उद्यमीसँग घरेलु तथा साना उद्योगसम्बन्धी सम्बन्धित सङ्घसंस्थासँग अन्तक्र्रिया र छलफल गरेको बताए । मेलामा प्रत्येक जिल्लामा कम्तीमा २  स्टल नघटाईकन ३ सयभन्दा बढी स्टल राखिएको छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर