newskoseli.Com

हेम्जा आलु महोत्सव सुरू

पोखरा उपमहानगरपालिका – २७ हेम्जामा ८ अाैं  हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना  फागुन २३ देखि सो महोत्सव हुन लागेको छ । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव चैत १ सम्म चल्ने छ । महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।

महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले बताए । हेम्जाको करिब ६५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब ३ करोडको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले १३ करोडको आलु बिक्री गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर