newskoseli.Com

८४ हजार मेट्रिक टन तरकारी उत्पादन

बारामा चालु आवमा कृषकले हिउँदे तरकारी खेती गरी ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष कृषकले काउली, बन्दागोभी, भन्टा, मुला, गोलभेँडा, खुर्सानीसमेत गरी कुल ५  हजार ४७५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरेका थिए । प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टन तरकारी उत्पादन भएको साहले बताए ।

हाल कलैया बजारमा भन्टा प्रतिकिलो  ४०, काउली  १५, बन्दागोभी  २०, काउली ७ , गोलभेँडा  २० र खुर्सानी प्रतिकिलो ४० देखि  ५० मा बिक्री भइरहेको छ । गत आवमा कृषकले कुल ५  हजार ४६५ हेक्टर क्षेत्रफलमा कुल ८३ हजार ६१४ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालयले बताए  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर