newskoseli.Com

एउटै जिल्लामा १० हजार टन तरकारी : बजार अभावले भूइँस्याउ कुहिँदै

एउटै जिल्लामा वार्षिक १० हजार टन तरकारी उत्पादन हुने गरेको छ । जिल्लालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई वृहत्तर योजनाका रुपमा विकास गराउँदै केही वर्षभित्र जिल्लालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो ।

जिल्लामा ८ सय २० हेक्टर जग्गामा वार्षिक करिव १० हजार टन तरकारी उत्पादन हुँदै आएको छ । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनाैं, बाजुङ, माझफाँट, धाइरिङ, कुश्मा नगरपालिका, लङ्खु लगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरकारीखेती गरिँदै आएको छ ।

अन्य जिल्लाबाट गरिने तरकारीको आयात घट्दै गएको छ । मुख्य गरी आलु, गोलभेंडा, काउली, बन्दागोभी, गाँजर, मुला र करेलामा जिल्ला आत्मनिर्भर बन्दै गएको छ ।

बजार अभावले भूइँस्याउ कुहिँदै

आम्दानीको गतिलो स्रोत बनेको भूइँस्याउ बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । बिक्री नहुँदा भूइँस्याउ कुहिँदै गएको छ । आलु र कोदो खेतीको ठाउँमा कृषकले विगत पाँच वर्षदेखि भूइँस्याउको व्यावसायिक खेती गर्दै आएका थिए ।

उत्पादन भए पनि बिक्री हुन नसक्दा कृषक समस्यामा परेका छन् । लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्ले लगायतका ठाउँमा कृषकले व्यावसायिक रुपमा यसको खेती गर्दैआएका छन् ।

भूइँस्याउ जेठमा लगाएर माघमा उत्पादन गर्न सकिन्छ । बजार नपाउँदा कुहिन थालेको लेखफाँटका कृषक कृष्णबहादुर रञ्जितले बताए । एउटा बोटमा करिव ९ किलोसम्म भूइँस्याउ उत्पादन हुन्छ । अहिले किसानले प्रतिकिलो ५० रूपैयाँमा भूइँस्याउ बिक्री गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर