newskoseli.Com

घलेका २२ कृति एकैदिन विमोचित

समाजसेवी, पूर्वमन्त्री एवम् साहित्यकार भद्राकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेखेका २२ वटा कृति बिहीबार विमोचन गरिए ।

विमोचित पुस्तकमा आत्मवृत्तान्त, निबन्ध, कवितालगायतका छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपालले कृतिको विमोचन गर्दै लेखिकाले आफ्नाे जीवनका विभिन्न समयमा भोगेका र देखेका अनुभूतिलाई कृतिमा समावेश गरी परिश्रमबाट समृद्ध समाज निर्माण गर्न सकिने सन्देश फैलाउन खोजेको बताए ।
उनले अधिकांश कृतिले महिला सशक्तीकरणका लागि प्रेरणा दिएको विचार व्यक्त गरे ।

नेपाली समाजलाई सही दिशानिर्देश गर्न सकेमा राजनीतिक स्थिरता कायम भई आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने घलेले बताइन् ।

कार्यक्रममा साहित्यकारहरु डा. कृष्णप्रसाद दाहाल, गोपीकृष्ण प्रसाईं, लक्ष्मी उप्रेती लगायतले लेखिकाको ८६औं जन्मदिनको उपलक्ष्यमा भएको कार्यक्रममा उनलाई बधाई दिँदै उनको समाजसेवा र साहित्यिक व्यक्तित्वमाथि प्रकाश पारे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर