newskoseli.Com

मलेरियाबाट मार्चभित्रै १४ को मृत्यु,, ७ हजार बिरामी

स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिव ७ हजार नागरिक बिरामी भएको बताएका छन् ।

मङ्गलबार सञ्चार माध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भने– मलेरियाका कारण हजारौं नामिबियाली नागरिक बिरामी हुनुका साथै १४ जनाको मृत्यु भएपछि नामिबिया सरकारले यसलाई नियन्त्रण गर्ने प्रयासका लागि १ लाख २३ हजार नामिबियाली डलर छुट्याएको छ ।

रोगलाई पूर्ण नियन्त्रणमा ल्याउन थप रकम पनि आवश्यक देखिएको भन्दै छिट्टै यसको पनि व्यवस्था गर्ने उाले बताए । नामिबियाका ग्रामीण क्षेत्रमा मलेरियाबाट गाउँलेहरूले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि सरकारले मलेरिया नियन्त्रणलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर