newskoseli.Com

धान र गहुँ काट्ने उपकरण भित्रियो

काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँकाटने उपकरण भित्रिएको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिएका छन ।

सो उपकरणले एक रोपनीको धान वा गहुँ काट्नका लागि करिब १५ मिनेट समय लगाउँछ । उपकरण परीक्षणका लागि भकुन्डे र महादेवस्थान पठाएको छ । उपकरणको लागत १ लाख ६० हजार रहेको छ । “उपकरण भित्रिएपछि कृषकलाई सहज भएको छ,” उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर