newskoseli.Com

अनुदानमा मकैको बीउ वितरण

जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई  उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिए ।
अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मिजुरेडाँडा, घाचोक, पुरुन्चौर, देउराली, कृषि र भरतपोखरीका कृषकलाई वितरण गरिएको हो । कार्यालयले ६०० किलो  उन्नत जातको बीउ समेत निःशुल्क वितरण गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर