newskoseli.Com

नेताहरूबीच चुनावी चर्चा : लौ यस्तो छ गाउँघरको मर्म

प्रधानमन्त्री प्रचण्ड स्थानीय निकायको निर्वाचन सकेर सत्ताको बागडोर कांग्रेस सभापति शेरबहादुर देउवालार्इ सुम्पन आतुर छन् । उता सभापति देउवा छिटोभन्दा छिटो एउटा चुनाव सकेर बाँकी २ वटा चुनाव आफ्नै नेतृत्वमा गर्नेगरी सत्ताको नेतृत्वमा उक्लन व्यग्रताका साथ प्रतीक्षारत छन् । तर, गाउँघरका जनता र स्थानीय नेता–कार्यकर्ता भने चुनाव हुनेमै शंका गर्न थालेका छन् ।

प्रसंग हो– काभ्रे जिल्लाको तालढुंगा गाउँपालिकाको । दुर्लुङ, नागटारलगायतका खोलामा पुल नबनेकाले बर्खामास गाडी चल्दैनन् । हिउँदमा भने दुई–चार महिना चापागाउँबाट सिधै तालढुंगामा गाडी पुग्छ । स्थानीय निकायको निर्वाचनबारेका गफ बोकेर गाउँ जाने विभिन्न राजनीतिक दलहरुका कार्यकर्ता चिया खाँदै खुलाल होटल (तालढुंगा बसपार्क) मा गफ गर्छन् । ‘कतै शेरबहादुर–प्रचण्ड मिलेर चुनाव त सार्दैनन् ?!’ उनीहरूको आशंका छ ।

Bishnuji_12_26-2

‘मिति सर्‍यो भने चुनाव हुन गाह्रो पो छ त’– साइँलाबा बोले । कमलले भने– ‘अरु दल जुध्छन्, चुनाव त मैले पो जित्छु कि क्या हो !’ लांघालीका अनुसार कि त चुनावको मिति सार्छन् नत्र दुई चरणमा गर्छन् ।

Bishnuji_12_26-1

साल्धारा, मिल्चे, च्याम्राङबेंसी र अरु दुई गाविस मिलाएर तालढुंगा गाउँपालिकाको निर्माण भएको हो । मिल्चे, साल्धारालगायत गाउँका स्थानीय नेताहरु तालढुंगास्थित चियापसलमा दिनहुँ चुनावी गफ चुट्छन् । कांग्रेस, एमाले, माओवादीमिश्रित समर्थकहरू यहाँ जमघट भएर कुराकानी गर्दै चुनाव हुनेमा आशंका व्यक्त गर्छन् ।

Bishnuji_12_26-3

एकाथरि चुनावी गफ चुटेर चिया पसलमा बस्ने अनि अर्काथरि भने खेतीपातीमा व्यस्त । चैत महिना, खेतबारीमा मकै रोप्ने महिना हो ।‘ मकै रोप्न छाडेर यत्रो‘नि भोट माग्न गइन्नँ !’– मिल्चे– ५ का अधिकांश कृषकहरुको भनाइ हो यो । मकै रोप्नुअघि गोठेमल बोक्नु पर्नाले थकित भएकी कान्छीमाया तामाङले भनिन्– ‘अरू त त्यस्तै हो, चुनाव नै भएछ भने आफ्नो एक भोट चाहिँ हालिदिनुपर्ला !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर