newskoseli.Com

आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् ।

२ वर्षको अवधिमा ७ हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको २ हजार ८०० देखि ३ हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताए । घार व्यवसायबाट नै मासिक २ देखि ३ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ । आलिताल मौरी घार उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेको प्रोप्राइटर गिरीले जानकारी दिए ।

डडेल्धुरा जिल्लाका बेलापुर, आलिताल, गाखेत, समैजी क्षेत्रलगायत जिल्लाका अन्य भागमा समेत मौरी व्यवसायका लागि उपयुक्त स्थल भएकाले मौरीका लागि आधुनिक घारको व्यवसाय पनि राम्रो हुनथालेको घार निर्माण व्यवसायी बताउछन् ।

व्यावसायिक रुपले मौरीपालनतर्फ किसान आकर्षण बढ्न थालेपछि घारको माग बढेको आलिताल गाउँपालिका गोदामका मौरीघार व्यवसायी कर्ण बोहराले बताए । हामीले सानो रुपले व्यवसाय गर्दै आएकामा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट पाएको अनुदानले व्यवसाय बृद्धी गर्न सहज हुनाका साथै राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

पुरानो प्रविधि भन्दा आधुनिक घारमा मौरी राख्दा उत्पादनसमेत राम्रो भई महको बजार मूल्य पनि किलोको ५ सयदेखि ६ सयसम्म पाइने गरेको समैजीका मौरी व्यवसायी लक्ष्मीदत्त पाठक बताउछन् ।

मौरी व्यावसायबाट गाउँका बेरोजगारले समेत काम पाएका छन् भने आफूले निर्माण गरेको मौरीका घार जिल्ला विभिन्न क्षेत्रमा बेचबिखन हुँदै आएको प्रोप्राइटर गिरीले जानकारी दिए ।

यसैगरी भित्री मधेसको आलितालमा मात्रै २ वटा मौरीको उद्योग सञ्चालन भएकामा अन्य स्थानमा पनि विस्तार हुन थालेकोे साना तथा मझौला घरेलु उद्योग कार्यालयले जनाएको छ ।

घार व्यवसायीलाई सहजीकरण गर्न, तिनीहरुको व्यवसाय राम्रो बनाउन र आयस्तर वृद्धि गराउन प्राविधिक र उपकरणमा सहयोग गरिरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेम महरले बताए ।

बहुउद्देश्यीय विकास समाज संस्थाबाट मौरीपालन गर्ने समूह र सहकारीका सदस्यलाई घार व्यवसायीसँग समन्वय गराएर सुपथ मूल्यमा घार उपलब्ध गराउन सहयोग गरिरहेको निर्देशक महरले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर