newskoseli.Com

पिपल्स क्याम्पसमा जित्यो एमाले अखिलले

ढिलो गरी भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्चानपछि बिहीबार प्राप्त नतिजाअनुसार काठमाडौंको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

सभापति पदमा १ सय ७१ मत ल्याई अनेरास्ववियुका आदित बोहोरा विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले १ सय २३ मत र अखिल (क्रान्तिकारी) का सचीन भुर्तेलले ५६ मत प्राप्त गरे ।

सचिवमा उमेश विक (सिरिष) र कोषाध्यक्षमा अरुण धिताल विजयी भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् ।

सदस्यमा विश्वास खनाल, रुजिना पौडेल, जोनसन अधिकारी, सिर्जना सेन्चुरी, पुष्प मोक्तान, मुकुन्द खतिवडा र अमिश मानन्धर निर्वाचित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर