newskoseli.Com

वैद्य माओवादीका पत्रकारले किन लगाए महासंघमा ताला ?

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरमा ताला लगाइदिएको छ ।

तालाबन्दीबारे जानकारी गराउँदै महासंघका जिल्ला संयोजक दामोदर खनालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ ललितपुरको दसौं अधिवेशनमा सबै पत्रकार संगठनबीच सहमतिमा शाखाको नयाँ कार्यसमिति, केन्द्रीय पार्षद् र प्रदेश पार्षद् चयन गर्ने क्रममा हाम्रो संगठनसँग केन्द्रीय पार्षद्मा ३ जना (बुद्धि विक, इन्द्र राउत र दामोदर खनाल) तथा प्रदेश पार्षदमा ४ जना (किरण भट्टराई, धनमाया निरौला, टीकाप्रसाद भट्टराई र अनित पाण्डे) मा अन्तिम सहमति भएको थियो । तर, सहमतिविपरीत मध्यरातमा महासंघका केन्द्रीय प्रतिनिधि र निर्वाचन समितिले षड्यन्त्रपूर्वक नाम घोषणा गरे । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘यसरी मध्यरातमा घोषणा गरिएको नयाँ कार्यसमिति, केन्द्रीय पार्षद् र प्रदेश पार्षदको नाम हाम्रो संगठनलाई कदापि मान्य हुनेछैन’, संयोजक खनालले लेखेका छन्– ‘हाम्रो संगठनले आपत्ति जनाउँदाजनाउँदै गल्ती सच्याउनुको सट्टा महासंघका केन्द्रीय प्रतिनिधि र निर्वाचन समितिले देखाएको निरंकुश व्यवहारप्रति हाम्रो संगठन घोर भर्त्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । अधिवेशनको पाँच दिन बितिसक्दा पनि उक्त निर्णय नसच्याइएको पाइएकाले महासंघको ललितपुर शाखामा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको व्यहोरा सम्बद्ध सबैमा अनुरोध छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर