newskoseli.Com

फिलिपिन्समा मृत्युदण्डको सजायलाई पुनर्बहाली गरिने

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति रोड्रिगो डुटेर्टेले मुलुकमा मृत्युदण्ड सजायको पुनर्बहाली गरिने घोषणा गरेका छन् ।

भर्खरै राष्ट्रपतिमा निर्वाचित भएका उनले कानूनमा मृत्युदण्डको व्यवस्था ब्यूँताउने र सुरक्षा बललाई गोली हान्ने अधिकार दिइने घोषणा गरेका हुन् ।

मादक पदार्थ सेवन, धूमपान र बालबालिकाप्रति कफर््यूमा प्रतिबन्ध लगाउने सम्बन्धि एक विवादास्पद नीतिका सन्दर्भमा राष्ट्रपति डुटेर्टेले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति भवनलाई अस्पतालमा परिणत गरिने बाचा पनि गरे । दक्षिणी दाभाओ शहरको मेयर रहँदा अपराधप्रति अपनाएको व्यवहारका कारण डुटेर्टेलाई फिलिपिन्समा दण्डितकर्ता उपनामले पनि चिनिन्छ ।

डुटेर्टे मेयर रहेकै बेला दाभाओ शहरमा मात्र एक हजारभन्दा बढी अपराधिक पृष्ठभूमिका व्यक्ति सुरक्षा फौजको कार्वाहीमा मारिएका थिए ।

यद्यपि, फिलिपिन्समा सन् २००६ मै मृत्युदण्डको प्रावधान अन्त्य गरिसकएको छ । मृत्युदण्ड पुनर्बहाली किन गर्नुप¥यो भन्नेमा संसदलाई विश्वास दिलाइने पनि उनको भनाइ थियो ।

जनताको जीवन सुरक्षित गर्न संगठित अपराध गर्नेहरुलाई मृत्युदण्ड दिइने उनले भने । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर