newskoseli.Com

एकै जिल्लामा फल्यो साढे ५ हजार मेट्रिक टन मुसुरो

आ.व. २०७३/७४ मा एकै जिल्लामा ५ हजार ५ सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार बाराका कृषकले ११ हजार ६ सय हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन गरेका हुन् ।

गत वर्ष यहाँ ५ हजार ५ सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो । कृषकले १ हजार ९ सय १५ हेक्टरमा तोरीखेती गर्दा प्रतिहेक्टर १.१५ मेट्रिक टनका दरले २ हजार २ सय दुई मेट्रिक टन तोरी उत्पादन भएको छ । गत वर्षको तुलनामा तोरी ८५ मेट्रिक टन बढी उत्पादन भएको हो ।

आ.व. २०७२/७३ मा कृषकले १ हजार ९ सय २५ हेक्टरमा प्रतिहेक्टर १.१ मेट्रिक टनका दरले २ हजार १ सय १७ मट्रिक टन तोरी उत्पादन भएको थियो । जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विन्टल ८ हजार तथा र तोरीको मूल्य प्रतिक्विन्टल ६ हजार ५ सय रूपैयाँ रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताए ।

उखु क्रसिङ अाधा मात्रै

बाराको मनहर्वा– ५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले यस वर्ष ५० प्रतिशत मात्र उखु क्रसिङ गरिएको जनाएको छ ।

उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार आ.व. २०७३/७४ मा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १६ लाख ६४ हजार ५ सय ७२ क्विन्टल मात्र उखु क्रसिङ गरिएको हाे । कूल १ लाख ५३ हजार ४ सय ६७ क्विन्टल चिनी उत्पादन भएको उनले बताए ।

बारा र पर्साका कृषकले लगाएको उखु रौतहट र सर्लाहीका सुगर मिल्सले समेत खरिद गर्ने गरेका कारण उखुको अभाव भएको पाण्डेले बताए । गत आ.व. मा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार ३ सय १३ क्विन्टल मात्र उखु क्रसिङ गरी कूल १ लाख ७५ हजार ६ सय ३९ क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर