newskoseli.Com

भारतीय विद्यालयमा नेपाली अध्यक्ष र प्रबन्धक

भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो छाप बनाउन सक्छ । त्यस्को गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवारले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदाहरणीय काम गरी नेपालीको शिर उच्च राख्ने काम गरेका छन् ।

शाह परिवार भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला बढनीमा रहेको गान्धी इन्टर कलेजमा लामो समयदेखि अध्यक्ष र प्रबन्धक पदमा रही शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याइरहेका छन् । गान्धी इन्टर कलेजमा सम्पन्न सभाले सर्वसम्मत नेपालका रुद्रप्रताप शाह अध्यक्ष र राकेशप्रताप शाहलाई प्रबन्धकमा चुनेको हो । गान्धी इन्टर कलेजका ३० जनाको बोर्ड सदस्यले रुद्र र राकेशलाई जिम्मेवारी दिएको हो ।

रुद्र प्रताप शाह विगत ३१ वर्षदेखि सो प्रबन्धक पदमा रही काम गर्दै आएकाले उहाँलाई अध्यक्ष बनाइएको भारतका शिवप्रसाद गुप्ताले बताए । अध्यक्ष शाहले गान्धी इन्टर कलेजको स्थापना हाम्रो अग्रजले गरेकाले शिक्षाको मध्यमबाट २ देशको सम्बन्ध अझ मजबुत गर्न आफू अध्यक्ष बनेको बताए । उनले विद्यार्थीको शिक्षामा गुणस्तरीयता, विद्यालयमा डिग्री सञ्चालनका पहल र विद्यालयको भौतिक संरचना निर्माणमा आफूले पहल गर्ने उल्लेख गरे ।उनले यो अन्तरालमा धैरे कठिनाइबाट विद्यालयलाई यहाँसम्म पुर्याउन सकेको अनुभव सुनाए ।

नवनियुक्त प्रबन्धक राकेश प्रताप शाहले आफूले यो जिम्मेवारी राम्रोसँग निर्वाह गर्ने बताए रुद्र र राकेश बाबु छोरा हुन् । सो कलेजको उपाध्यक्ष शत्रुघन प्रताप पाण्डेय, सदस्य बाल मुकुन्द केडिया, रामचन्द्र गुप्ता, श्रवण श्रीवस्तव, ताराचन्द्र वर्मा, त्रियुगी नाथ अग्रहरी, कुनाल प्रताप शाह रहेका छन् । कलेजमा नेपाल, भारतका २ हजार छात्रछात्रा अध्ययन गर्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर