newskoseli.Com

चुनावी भिडन्तमा उत्रेका यी गुरु–चेला… !

नेपालमै पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा पृथक् र अनौठा दृश्य देखिएका छन् । नेपाली कांग्रेस र वाम गठबन्धनबीचको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गरिहाल्ने अवस्था छैन ।

वाम गठबन्धनका तर्फबाट मोरङ– ६ को प्रदेशसभामा पूर्वप्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा छन् । आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाएका थिए । त्यसैले यतिबेला यस क्षेत्रमा गुरु–चेला नै निर्वाचन भिडिरहेका छन् ।

पोखरेल एमालेका पुराना कार्यकर्ता हुन् । पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा छन् । पोखरेल पनि कार्कीका गुरु हुन् ।

कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाएका थिए । कार्कीलाई राजतन्त्रको विरोधमा उत्रिएको आरोपमा २०६२/०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो । त्यसबेला उनले १९ दिन जेलजीवन बिताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर