newskoseli.Com

यसरी बढाउनोस् तपार्इंको कार वा बाइकको माइलेज…

सवारी साधनको नियमित सर्भिस तथा हेरचाहले माइलेज बढाउन धेरै सहयोग गर्छ । सर्भिस आयल, कुलेन्ट आयल तथा लुब्रिकेन्टमा विशेष ख्याल राख्नुपर्छ ।

टायरमा हावाको प्रेसर परीक्षण गरिरहँदा यसले इन्धन जोगाउनुका साथै दुर्घटना हुनबाट समेत जोगाउँछ । टायरमा धेरै प्रेसर पनि दिनु हुँदैन । यदि धेरै लोड या सामान बोक्नुपर्ने अवस्था भएमा म्यानुअल बुक अध्ययन गरेर सोहीअनुसार गर्नुपर्ने हुन्छ ।

गाडी नगुडेको अवस्थामा इन्जिन अफ गरिहाल्नु पर्छ । यदि ट्राफिकमा पनि १० सेकेन्डभन्दा बढी बस्नुपर्ने भएमा इन्जिन अफ गर्नु बुद्धिमानी हुन्छ । पुनः इन्जिन चालू गर्दा थप इन्धन खर्च हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

सवारी चलाउँदै गर्दा अनावश्यक स्थान या समयमा क्लचको प्रयोग गर्नु हुँदैन । सवारी चलाउँदै गर्दा इन्जिनलाई धेरै दबाब नदिनका लागि लोअर गेयरको प्रयोग गरेर बिस्तारै बढाउँदै जानु राम्रो हुन्छ । गाडीको इन्जिन पनि गेयर प्रयोगमा निर्भर हुन्छ ।

गर्मी समयमा इन्धन फैलिन्छ भने चिसो हुँदा बाक्लो हुन्छ । बिहान तथा रातको समयमा तापक्रम कम हुन्छ । त्यसैले दिउँसो तथा साँझको समयमा भन्दा बिहान या राति इन्धन भर्दा फाइदाजनक हुन्छ ।

नयाँ पत्रिकाबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर