newskoseli.Com

राजधानीको सुकुमबासी वस्तीछेउ फस्टाउँदो ‘यौन पार्क’ !

राजधानीको शंखमूल पुलबाट थापाथली पुलतिर हेर्‍यो भने सानो जंगल देखिन्छ, जसको पारिपट्टि सुकुमबासी वस्ती छ र वारिपट्टि सानो जंगल देखिन्छ । जंगलभित्र रहेको छ– ‘यौन पार्क’ ।

युएनको सहयोगमा निर्माण भएको यो पार्कको नामकरण ‘युएन पार्क’ गरिएको थियो । युएन पार्कबाट बिस्तार अपभ्रंश र भ्रष्टीकरण समेत हुँदै यो पार्क अहिले ‘यौनपार्क’ मा रूपान्तरित हुँदै गएको छ ।

बिहानैको ‘मर्निङ वाक’ होस् वा दिउँसोको घुमघाम, युवायुवतीको घुमफिर अनि साँझपख यौनकर्मीहरु समेत यस पार्कभित्र प्रशस्तै भेटिन्छन् ।

सवारी साधन प्रवेश निषेध छ यहाँ । साइकल समेत गुड्न दिइन्न । सरकारी खानेपानी अड्डाका दुई–चार जना मानिसले यहाँभित्रको रेखदेख गर्छन् । पार्कभित्र छिरेको पैसा लाग्दैन ।

YP_2

केही वर्षअघि यहाँ बनमारा घारी थियो । त्यसलाई फाँडेर डोजर लगाई अहिले बाटो सम्म पारिएको छ । प्रायस् बिदाका दिन गोदावरी, रत्नपार्क, बल­्खु, कोटेश्वरलगायतका ठाउँबाट आएका विभिन्न जोडीहरु टहलिन्छन् यहाँ ।

YP_4

कयौं प्रणय–जोडीहरु बिहानको कलेज सकेर दिनभर मस्ती मार्न सडकछेउको शान्तिपूर्ण वातावरणयुक्त युएन पार्क धाउँने गर्दछन् । युवायुवतीहरु­ बिहान कलेज पढ्छन् र दिउँसो ‘ब्याइफ्रेन्ड’ वा ‘गर्लफ्रेन्ड’ सँग युएन पार्क जाने गर्दछन् । ५ सयदेखि ३ हजारसम्मको ‘मोलमोलाई’ गर्ने ‘देहव्यापारका दलाल’ हरु छिर्छन् युएन पार्कभित्र ।

YP_3

युवापुस्तामा दिनदिनै बढ्दै गएको बेरोजगारीको असर पर्न जाँदा प्रायस् फुर्सदको समय मन शान्त पार्ने ठाउँ यस्तै पार्क बन्ने गरेका देखिन्छन् । यस्ता स्थलतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा पुग्न नसके ‘युएन पार्क’ साँच्चैको ‘यौन पार्क’ मै स्थापित हुन बेर लाग्ने देखिँदैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर