newskoseli.Com

सम्मानित भए भेंडीखर्के साँइला…

साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेंडीखर्के साँइला) सम्मानित भएका छन् । हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार– २०७३ बाट अधिकारी सम्मानित भएका हुन् ।

लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वर्द्धनमा विशेष योगदान पुर्‍याएबापत ठाडो भाका शिरोमणि ८४ वर्षीय दीर्घराज अधिकारी ( भेंडीखर्के साँइला) लाई सम्मान गरिएको हो ।

शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा उनलाई लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सम्मान गरे । मौलिक संस्कृति बोकेको ठाडो भाकाको श्रीवृद्धिमा विशेष योगदान गरेको भन्दै भेंडीखर्केलार्इ नगद १५ हजार रूपैयाँका साथ दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

Bhedikhrke Sainla

गायन क्षेत्रमा जीवनको तीन दशक बिताएका अधिकारी बुढेसकालमा भए पनि अाफूलाई विभिन्न सामाजिक संस्थाले सम्मान गर्दा निकै खुसी लागेको बताउँछन् । उनी भन्छन्– “जीवनको सबै उमेर गायन क्षेत्रमा बिताएँ । बुढेसकालमा न छोरा–छोरीले हेर्छन् न त सरकारले नै । धन्न विभिन्न सामाजिक संस्थाले सम्मान र आर्थिक सहयोग गरेका छन् ।”

राष्ट्रिय पुरस्कार कोषबाट यसअघि नारायण रायमाझी (पाल्पा), कुलबहादुर केसी (कास्की) र डा. गोविन्द आचार्य (दाङ) सम्मानित भइसकेका छन् । भेंडीखर्के साँइला उक्त सम्मान पाउने चौथो व्यक्तित्व हुन् ।

हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोष २०६४ मा स्थापना गरिएको हो । त्यस वर्ष उनको पहिलो एकल साँझबाट सङ्कलन भएको रकम ५ लाख रूपैयाँलाई अक्षयकोषमा राखेर प्रत्येक २–२ वर्षमा लोककला तथा साहित्यका साधकलाई सम्मान गर्ने गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर