newskoseli.Com

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको इच्छाकामना गाउँपालिकाबाट राहत वितरण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्रम अन्तर्गत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुनर्स्थापन कार्यक्रम सञ्चालन गरी राहत दिन थालिएको हो ।

कार्यक्रमअन्तर्गत यो वर्ष जिल्लाका ६ सय १४ किसानले ६२ लाख ६ हजार रूपैयाँ प्राप्त गर्नेछन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार आएको राहत रकम वितरण गर्न सुरु गरिएको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असारको दोस्रो साता बसेको समितिको बैठकले राहत वितरण अनुमोदन गरेको बताए । सोही निर्णयानुसार जिल्लामा राहत दिन थालिएको हो ।

यसरी राहत पाउनेमा दारेचोकका १ सय ५३, चण्डिभञ्याङका ८२ र लोथरका १ सय २० परिवार छन् । त्यसैगरी राहत पाउने अन्य किसानमा कोराकका १ सय ६ घर, कविलासका १६, सिद्धिका ३, भरतपुरका १ तथा खैरहनी र रत्ननगरका ११–११ घर रहेका पशुसेवा कार्यालयका प्रमुख डा. सेढाईंले जानकारी दिए ।

उक्त कार्यक्रम अन्तर्गत २ सय ८० गोठ, ६० वटा कुखुराको खोरमा क्षति पुगेकालार्इ राहत दिइनेछ । जीविकोपार्जन अन्तर्गत बोका ८० वटा, बाख्रा ३० वटा, कुखुरा २ हजार, बुंगुर १ सयवटा, डाले घाँसका विरुवा ७ हजार तथा मिनरल ४ सय केजी वितरण हुनेछ । पशुआहार नेपिएर ६५ हजार थान वितरणसँगै ३ पटक पशुस्वास्थ्य व्यवस्थापन कार्यक्रम हुने जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर