newskoseli.Com

साहित्यमा ‘ओझेल’ बाट उदाए जीवन

सञ्चारकर्मी एवं मोडलका रूपमा परिचय बनाएका जीवन खड्का ‘ओझेल’ उपन्यासमार्फत् उपन्यासकारका रुपमा साहित्यिक क्षेत्रमा उदाएका छन् ।

समीक्षक समीरबाबु कट्टेल, सञ्चारकर्मी कला सुब्बा र लेखक तथा पत्रकार डब्बु क्षत्रीले शनिबार राजधानीमा आयोजित एक समारोहबीच संयुक्त रूपमा ‘ओझेल’ को विमोचन गरेका हुन् ।

पुस्तकमाथि बोल्दै समीक्षक कट्टेलले भने– ‘ओझेल समकालीन विषयवस्तुका कथामा आधारित उपन्यास हो । यसमा गाउँबाट सहर पसेको युवक र जर्मनीबाट नेपाल आएकी युवतीबीचको प्रेम र विछोडको कथा यसमा छ । प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ । भोगाइको समस्या यस उपन्यासले बोलेको हुनाले पठनीय बन्न पुगेको छ ।’

Samirbabu kattel

Kala Subba उपन्यासले युवायुवतीका प्रेमील घटनालाई उजागर गर्न सफल भएको सञ्चारकर्मी सुब्बाले बताइन् । उनले भनिन्– ‘साहित्यकार बन्ने रुचि, वास्तविकता र अरूका समस्या समाधानका लागि लेख्नुपर्ने कुराको ख्याल गरेरै लेखकले लेखेका छन्, प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ ।’

लेखक तथा पत्रकार क्षत्रीले गाउँबाट सपना बोकेर सहर पसेको युवाको भोगाइ र राजनीतिक अराजकताको चित्रण उपन्यासले गरेको बताए । उनले भने– ‘बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । मेरो जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।’

Dabbu Chetri

शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ३ सय १५ रुपैयाँ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर