newskoseli.Com

सम्मेलनको तयारीमा माओवादी अखिल : मैदानमा उत्रिए यी ५ भाइ

एकताको २१औं राष्ट्रिय सम्मेलनको मिति घोषणासँगै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) मा चहलपहल बढेको छ। भदौ ७ देखि काठमाडौंमा हुने सम्मेलनमार्फत नेतृत्व हात पार्न विद्यार्थी नेताहरु आ–आफ्नो तयारीमा जुट्न थालिसकेका छन् ।

संगठनको अध्यक्ष बनेर १ सय ९९ सदस्यीय केन्द्रीय समितिको नेतृत्व गर्न हालका उपाध्यक्ष अनिल शर्मा, आरसी अधिकारी, रन्जित तमाङ, पञ्चा सिंह र महासचिव वीरेन्द्र बस्नेतको नाम चर्चामा आएको छ।

उपाध्यक्ष अनिल शर्मा चर्चित माओवादी नेता एवम् हालका गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् ।  शालीन स्वभावका शर्माको पश्चिममा राम्रो प्रभाव मानिन्छ । संगठनभित्र कुशल संगठकको छवि बनाएका आरसी अधिकारी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका भएकाले अध्यक्षका विश्वासपात्र मानिन्छन् ।

Birendra Basnet
विद्यार्थी नेता वीरेन्द्र बस्नेत

झापाका रन्जित तामाङ प्रखर वक्ता एवम् कार्यकर्ता तहमा भिजेका नेता हुन् । लामो समयदेखि संगठनमा आबद्ध तामाङले पूर्वका कार्यकर्ताहरुबाट राम्रो साथ पाउने बताइन्छ । अर्का प्रत्यासी वीरेन्द्र बस्नेत जनयुद्धकालमा २७ महिना भैरवनाथ गणमा बिताएका पुराना नेता हुन् ।

जनयुद्धकालमा वीरेन्द्रका दाजुले शहादत पाए भने भाइ अझैसम्म बेपत्ता छन् । रामबहादुर थापा ‘बादल’ सँगै एकता प्रक्रियामा विद्यार्थीको नेतृत्व गरेका बस्नेतको प्रभाव माओवादी विद्यार्थी संगठनको तल्लो तप्कासम्म राम्रो ठानिन्छ ।

तत्कालीन १० घटक–समूहबीच एकता भर्इ नेकपा (माओवादी केन्द्र) को गठन भएलगत्तै ती घटकसँग आबद्ध विद्यार्थी संगठनहरुबीच पनि एकता भयो । अहिले सम्मेलनमा भाग लिने २ हजार ७६ प्रतिनिधिमध्ये विगतमा बस्नेतसहितले नेतृत्व गरेका विभिन्न घटकहरुबाट आएका प्रतिनिधि ८ सय ५० हुने देखिएकाले सम्मेलनमा बस्नेत निकै बलिया प्रतिस्पर्धी ठानिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर