newskoseli.Com

भैंसी पाल्न दिइयो ६५ लाख ७० हजार

समाजमा विपन्न एवं आर्थिक अवस्था कमजोर भएका पोखरा– १८, सराङकोटका १ सय ३८ परिवारलाई गुणस्तरीय ‘जीवन नेपाल’ नामक गैरसरकारी संस्थाले भैंसी खरिदका लागि अहिलेसम्म ६५ लाख ७० हजार रूपैयाँ ऋण प्रदान गरेको छ ।

बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि पोषण एवं अभिभावकको आयअार्जन वृद्धिका लागि १० वर्ष अघिदेखि भैंसीपालनमा लगानी भएको कूल रकमको २५ प्रतिशत छुट हुने र बाँकी प्रत्येक महिना २ हजारका दरले तिर्नुपर्ने व्यवस्था छ ।

गुणस्तरीय नेपालद्वारा स्थानीय बाल विकास केन्द्र देउराली पाटनमा अाइतबार आयोजित कार्यक्रमका पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भैंसी खरिदका लागि २७ परिवारलाई १६ लाख २० हजार रूपैयाँको चेक हस्तान्तरण गरे । विभिन्न संघ–संस्थाले सञ्चालन गरेका कार्यक्रम व्यवस्थित र समुदायमुखी हुनुपर्ने बताउँदै उनले हेर्ने र उड्ने स्थलका रुपमा परिचित महत्वपूर्ण पर्यटकीयस्थल सराङकोट आउने पर्यटकको आवश्यकता अनुसारका भौतिक पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिए ।

विकटतालाई निकट बनाउन महानगरका सबै वडालाई यातायात सञ्जालले जोड्नुपर्ने बताउँदै महानगर प्रमुख जीसीले भने– “पहाडमा नयाँ बाटो खनेर जोखिम बढाउनु भन्दा पुराना बाटोलाई व्यवस्थित गर्नेतर्फ सबैको ध्यान जानु पर्दछ ।” कार्यक्रममा २०७३ को एसर्इर्इ परीक्षामा सो वडाका सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने धीरज थापा र अप्सरा जिसीलाई नगद पुरस्कार सहित सम्मान गरियो ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रणबहादुर थापा, नेपाली कांग्रेका शिव तिमिल्सिना, एमालेका पुस्कर थापा, समाजसेवीद्वय झपटबहादुर थापा र यामबहादुर थापा, वडासचिव रुद्र बस्ताकोटी, बालविकास केन्द्रका प्राचार्य गोमा थापालगायतले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर