newskoseli.Com

एकै कलाकारद्वारा ६२ जनाको दुरूस्त क्यारिकेचर (भिडियो)

चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् ।

कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्वजनिक गरेका हुन् । उनले क्यारिकेचरमार्फत नेताहरुका कमीकमजोरी तथा अनेकौं सामाजिक विकृति–विसंगतिमाथि व्यंग्य प्रहार गरेका छन् ।

कलाकार गौतमले बालबालिकामाझ लोकप्रिय ‘मोटु–पत्लु’ टेलिभिजन कार्यक्रमका अधिकांश पात्रका आवाज समेत हुबहु नक्कल गरेका छन् । केही समय घुलमिल भएपछि जो–कोहीको पनि क्यारिकेचर गर्न सक्ने कला सँगसँगै आफूसँग भएको जनावर र चराचुरुंगीका आवाज निकाल्ने क्षमतालाई समेत सुबोधले यस भिडियोमार्फत प्रदर्शन गरेका छन् ।

Subodh_Cover2

‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि सजिलैसँग उक्त व्यक्तिको क्यारिकेचर गर्न सक्छु । सयौं व्यक्तिको नक्कल गर्न सके पनि यो भिडियोमा भने प्रसंगमा आएका ६२ जनाका आवाजलार्इ मात्रै समावेश गरेको छु’, न्युजकोसेलीसँग कुरा गर्दै सुबोधले भने– ‘आगामी दिनमा सन्दर्भअनुसार दर्शकमाझ थप व्यक्तिको क्यारिकेचर प्रस्तुत गर्ने नै छु ।’

कलाकार गौतम लोकप्रिय हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘गनगने’ को भूमिकामा पनि देखिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर