newskoseli.Com

सुरू भयो कृषि पत्रकारिता तालिम

कृषि तथा कृषिजन्य विषयवस्तुलाई सञ्चार माध्यमसम्म पुर्‍याउने उद्देश्यले चितवनमा तीनदिने ‘कृषि पत्रकारिता तालिम’ सुरु भएको छ ।

विकासका लागि ग्रामीण कल्याण तथा कृषिसुधार समूह (फर्वाड) नेपाल र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयुक्त आयोजनामा शुक्रबारदेखि भरतपुरमा तीनदिने कृषि पत्रकारिता तालिम सुरु भएको हो । जिल्लाका २० भन्दा बढी पत्रकार सहभागी सो तालिममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा बोल्दै सञ्चारविज्ञ डा. टंकप्रसाद उप्रेतीले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्ने बताए । कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले बिटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै जिल्लाका पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए ।

प्रशिक्षणका क्रममा पोल्ट्रीविज्ञ तथा उद्योग वाणिज्य महासङ्घका कृषि वन समूहका संयोजक डा. तिलचन्द्र भट्टराईले नेपालको कृषि क्षेत्रमा जुन किसिमको उत्पादकत्व बढाउनुपर्ने हो, त्यो हुन नसकेको गुनासो गरे । कृषिसम्बन्धी राम्रो नीति नभएको र भएका नीति–नियम पनि कार्यान्वयन गर्ने निकाय नहुँदा कृषि क्षेत्र अगाडि आउन नसकेको बताउँदै उनले नेपाल कुखुरामा आत्मनिर्भर हुनुमा निजी क्षेत्रको मुख्य पहल रहेको बताए ।

राष्ट्रिय बीउबिजन समितिका सदस्य तथा बीउसम्बन्धी जानकार मित्रराज दवाडीले व्यवसाय र बाली संरक्षण गरेर उत्पादन बढाउन सक्ने अवस्था नेपालमा रहेको बताउँदै अझै पनि ठूलो मात्रामा बीउ आयात गर्नुपर्ने अवस्था रहेकोमा दुःखेसो पोखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर