newskoseli.Com

अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि अाइतबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बुधबार सुरु क्रान्तिकारीको २१आैं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिएका छन् । मल्लका अनुसार आइतबार मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन भएपछि ३३ पदाधिकारी सहित २ सय ३४ केन्द्रीय सदस्यका लागि मंगलबार निर्वाचन हुनेछ ।

आइतबारै निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो । क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हुँदैछ । अध्यक्षका लागि वीरेन्द्र बस्नेत, रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी र मदन चुँडालले दाबी गरेका छन् । निर्वाचन प्रक्रियामा २ हजार ३४ प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर