newskoseli.Com

नौ हजार मेट्रिक टन माछा उत्पादन

पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ । विगत चार वर्षमा करिब ४१ हेक्टर क्षेत्रफलमा नयाँ माछापोखरी निर्माण भएका छन् ।

आर्थिक वर्ष २०६७÷६८ मा १५ हेक्टर, आव २०६८÷६९ मा ११ हेक्टर, आव २०६९÷७० मा छ हेक्टर र आव २०७०÷७१ मा १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण भएका छन् । माछापोखरी निर्माणका लागि प्रतिहेक्टर रु एक लाखका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ ।

जिल्लामा अहिले ३४० हेक्टरमा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ भने वार्षिक करिब एकहजार ५०० मेट्रिक टन माछा खपत हुने गरेको छ । उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछापालनबाट आत्मनिर्भर भएका छन्, । “अहिले स्वदेशी उत्पादनले जिल्लाको आवश्यकता पुरा गरेको छ ।

यहाँ उत्पादित माछा भारतको सीमावर्ती बजार एव्म पोखरा, मलेखु र काठमाडौँसम्म पुग्ने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर