newskoseli.Com

असावधानी र चेतनाको कमीले दृष्टि गुमाउँदा

धनकुटा खोकु– ३ का पूर्णकुमार राईले जन्मिएको चार वर्षसम्म त पृथ्वीको सुन्दर दृश्यसँग खेल्दै रमाउँदै हुर्कने मौका पाए । तर जब उनी ४ वर्ष पुगेर कलिलो उमेरका रमाइला क्षण भोग्दै थिए, त्यही बेला उनलाई दादुरा र टाइफाइडले च्याप्यो ।

त्यसपछि उनी त्यही रोगले सदाका लागि दृष्टि गुमाउन पुगे । उनी मात्र होइन धनकुटा जिल्लाकै छिन्ताङ–३ का आश्विन राईको पनि नियति त्यही भयो । उनी पनि जन्मिएको ५ वर्ष पुग्नै लाग्दा एकाएक उनलाई पनि दादुरा र टाइफाइडले च्याप्यो ।

त्यतिन्जेल उनले पनि गाउँघरमा साथीभाइ, आफन्त र छिमेकीसँग जीवनको रमाइलो क्षण भोग्दै रमाउँदै थिए । तर उनको पनि नियति त्यही भयो जस्तो पूर्णकुमार राईको भएको थियो ।

गाउँघरमा स्वास्थ्यको राम्रो सुविधा उपलब्ध नहुनु अनि अभिभावकले समयमा नै अस्पताल पु¥याएर उपचार नगरी धामी–झाँक्रीमा विश्वास गर्नाले ती दुवै युवाले सदाका लागि दृष्टि गुमाउनु परेको कथा सुनाउन उनीहरु इटहरीमा आइपुगेका छन् ।

सङ्गीतका पारखी ती दुवै युवा अहिले झापा जिल्लाको दमकस्थित श्री सरस्वती उच्च माविको कक्षा ११ मा ब्रेललिपिमार्फत शिक्षा लिइरहेका छन् । उनीहरु ‘हाँस्नलाई ओठ खोलेँ…,’ ‘मेरो सपनाको ढुक्ढुकीमा …’ र ‘बल गरेर त्यो मन यता मोड भन्दिन’ भन्ने बोलको गीतका ट्र्याकको खोजीमा इटहरी आइपुगेका थिए ।

दुवै एकै समुदायका र एउटै जिल्लाका दृष्टिविहीन पूर्णकुमार र आश्विन राईले १२ कक्षा उत्तीर्ण गरेर शिक्षक बन्ने सपना साँचेको बताए । समय बिताउनका लागि मीठो गीतको ट्र्याकको खोजीमा इटहरीसम्म आइपुगेका दुवैले दृष्टिविहीन भएर बाँच्नु पर्दाको पीडा कहाँ भनेर साध्य हुन्छ र ? भन्ने गुनासो गर्दै अभिभावकमा शिक्षाको अभावको नियति आफुहरुले भोग्नु परिरहेको बताए ।

यदि हाम्रा आमाबाबुमा स्वास्थ्यसम्बन्धी राम्रो चेतना भइदिएको र समयमा नै हाम्रो उपचार हुन सकेको भए गाउँघरमा फैलिने दादुरा र टाइफाइडकै कारणले हामीले दृष्टि गुमाउनुपर्ने अवस्था नआउने थियो उनीहरुको दाबी रहेको छ । उनीहरुले दुःखित हुँदै भने हाम्रो जस्तो अरू कसैलाई नहोस् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर