newskoseli.Com

चुनावलक्ष्यित काममा तात्यो वार्इसीएल :
कात्तिक १० भित्र ६ लाख युवा परिचालन !

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलार्इ लक्ष्यित गर्दै नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वार्इसीएलले संगठनात्मक तयारी अघि बढाएको छ ।

भदौ २–४ मा राजधानीमा सम्पन्न राष्ट्रिय सम्मेलनलगत्तै देशव्यापी संगठन निर्माणमा लागेको वार्इसीएल मंसिर १० र २१ मा हुने प्रदेश तथा संघको चुनावमा माओवादी केन्द्रलार्इ विजयी गराउने अभियानका लागि कात्तिक १० भित्र ६ लाख युवा परिचालनको लक्ष्यसहित संगठनात्मक तयारीमा लागेको वार्इसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन् ।

कात्तिक १० भित्र देशभरका सबै वडामा कमिटीहरुको निर्माण र प्रत्येक वडामा कम्तिमा १ सय युवा परिचालनको लक्ष्य बनाएको वाईसीएलले सदस्यता वितरण तथा नवीकरण अभियान तीव्र पारेको छ ।

YCL2

चुनावी तयारीकै क्रममा असोज २१ देखि २४ सम्म केन्द्रीय निकायका संगठनात्मक काम पूरा गर्ने उद्देश्यले २१ मा पदाधिकारी, २२ मा केन्द्रीय समिति, २३ मा जिल्ला अध्यक्ष र सचिवहरुसम्मलाई संगठनात्मक तथा चुनावी स्कुलिङ कार्यक्रम सम्पन्न गर्ने र २४ गते विभागहरुको बैठक सम्पन्न गर्ने जानकारी वाईसीएल महासचिव सुबोधराज शेर्पालीले दिए ।

वार्इसीएलको योजना अनुसार देशभरका ६ हजारभन्दा बढी वडाहरुमा संगठनको भेला तथा बैठक राखेर कमिटीहरुलाई पुनर्गठन गर्दा १ लाख संगठित सदस्य युवा तयार हुनेछन् र तिनले चुनावी तयारीका कामहरु गर्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर