newskoseli.Com

फेसबुकमा अब ‘लाइक’ र ‘शेयर’ गर्न पनि पैसा लाग्ने !

ज्यादै कम मात्र बजार विस्तार भएको सञ्चार क्षेत्रमा प्रभाव पर्नेगरी फेसबुकले अब लाइक तथा सेयरको समेत मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ ।

हाल परीक्षण भइरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुक पेज, ग्रुप वा प्रोफाइल वालमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरको मात्रा अनुसार प्रयोगकर्ताले फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ । फेसबुकको यस नयाँ नियमले साना सञ्चार माध्यमहरू प्रत्यक्षतः प्रभावित हुनेछन् ।

यस नियमका कारण यथेष्ट मात्रामा बजार विस्तार हुन नसकेका सञ्चार माध्यमहरू बन्द नै हुने अवस्थामा पुग्न सक्ने खतरा देखिएको जानकारहरू बताउँछन् । फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकहरूमा परीक्षण भइरहेको फेसबुक कम्पनीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरी नियन्त्रण गर्न भन्दै फेसबुकले यस्तो नियम लागू गर्न खोजेको बताइएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर