newskoseli.Com

सुजन बराइलीको ‘पर्वते ठिटो’ बजारमा (भिडियोसहित)

लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् ।

बराइलीकै लय, शब्द तथा स्वरमा सजिएको सो गीतमा गायिका पूर्णकला बीसीले साथ दिएकी छन् । यात्रा र माया–प्रेमलाई समावेश गरिएको सो गीत हालै बजारमा ल्याइएको हो । गायक बराइली विगत डेढ दशकदेखि निरन्तर लोक गीत–संगीत गायनमा संलग्न छन् ।

बराइलीद्वारा स्वरबद्ध ‘बोलाई पासो भो’, ‘अन्त नजर लाउन छोड्नेछु’, ‘रमाइलो गर्ने यही बोली हाँसो हो’, ‘तिम्ले मेरो कुभलो चाहे नि’, ‘म्याग्देली ठिटो मायामा भुलियो’ र ‘सम्झना जन्मभूमि’ लगायत करिव दर्जन गीतिएल्बम बजारमा अाइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर