newskoseli.Com

जुनार उत्पादनमा व्यापक गिरावट, कीराको प्रकोपसँग कृषकहरु पराजित !

देशमै जुनार उत्पादनका लागि प्रमुख जिल्लाका रुपमा परिचित रामेछापमा जुनार उत्पादनमा निकै कमी आएको छ ।

केही वर्ष अघिदेखि कतिपय जुनार बगैंचामा कीरा लाग्न थालेसँगै निरुत्साहित बनेका किसानहरुले व्यावसायिक उत्पादनमा चासो घटाएसँगै उत्पादनमा गिरावट आएको हो । समयमा वर्षात् नहुनु र सरकारी क्षेत्रबाट समेत पर्याप्त चासो नदेखाइनुका कारण जुनार उत्पादनमा व्यापक गिरावट आएको सरोकारवालाहरुको भनाइ छ ।

उत्पादनमा गिरावट आएसँगै कतिपय किसानहरुले बिरुवा र बगंैचाको उचित संरक्षण समेत गर्न छाडेपछि व्यावसायिक रुपमा उत्पादन हुँदै आएको जुनारको उत्पादनमा झन् गिरावट आएको सम्बन्धित पक्षको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कृषकहरुले जुनारको व्यवसायलाई प्रभावकारी बनाई त्यसको संस्थागत विकासमा ध्यान दिनुको सट्टा समयम नभईकनै बजारमा हरियो जुनार बिक्री गर्नु पनि जुनार उत्पादनमा गिरावट आउनुको एक कारण हो । डेढ दर्जनजति साविकका गाविस व्यावसायिक जुनार उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित थिए ।

तर, ती सबै ठाउँहरुमा तुलनात्मक रुपमा जुनार उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए । उनका अनुसार गत वर्ष करिव १३ हजार १ सय ५७ मेट्रिक टन जुनार उत्पादन भएकोमा यस वर्ष निकै गिरावट आई कूल ११ हजार ८ सय मेट्रिक टन मात्रै जुनार उत्पादन भएको छ ।

कृषकहरुले व्यावसायिक जुनार उत्पादन थालेसँगै उनीहरुले संरक्षण गरेर राखेका कतिपय जुनार बगैंचाहरुमा कीरा देखापर्न सुरु भएको थियो । त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नका लागि कार्यालयले अभियान नै चलाएको थियो । तर, कतिपय कृषकहरुले त्यसको बेवास्ता गर्नु र लापरबाहीपूर्ण तरीकाले जुनारखेती गर्नुका कारण उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयका नाप्रसा विष्णुप्रसाद चौलागाईं बताउँछन् ।

चौलागाईंका अनुसार विगत वर्षहरुमा हरियो जुनार बिक्री गरेको कुरालाई विभिन्न कोणबाट राम्रो नजरले हेरिएन । यस्तो क्रम रोक्नका लागि सरोकारवाला निकायहरु र सञ्चार माध्यमहरु समेत लागिपरेका थिए । परिणामस्वरुप यसपटक भने हरियो जुनार बिक्री गर्ने क्रम रोकियो ।

जुनार बगैंचामा कीराको प्रकोप बढेसँगै हरियोमै जुनार बिक्री गर्दा त्यसबाट कृषकहरु पराजित भएको दावी नाप्रसा चौलागाईंले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर