newskoseli.Com

एक जिल्लामै ३३ करोडको सुन्तला उत्पादन

यस वर्ष सल्यानमा ३३ करोड ४ लाख ८० हजार रूपैयाँको सुन्तला उत्पादन भएको छ ।

सुन्तला शुद्धीकरण अभियान, बगैंचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूलतालगायतका कारणले यस वर्ष सुन्तला उत्पादनमा गत वर्षभन्दा १० प्रतिशतले वृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३ सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । गत वर्षभन्दा ८ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा २९ करोड ८१ लाख ३२ हजार रूपैयाँको सुन्तला उत्पादन भएको थियो । करिव ७५ प्रतिशत सुन्तला जिल्लाबाहिर बिक्री गरिएको थियो ।

उत्पादित सुन्तला बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन् । उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर