newskoseli.Com

एकै झन्डामुनि मार्च गर्दै दुई कोरियाका खेलाडी…

दुई देशका रुपमा टुक्रिएयता उत्तर र दक्षिण कोरिया पहिलो पटक एउटै झन्डामा मार्च गर्न सहमत भएका छन् ।

फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देश एउटै झन्डामा मार्च गर्न सहमत भएका हुन् । दक्षिण कोरियामा हुन लागेको उक्त ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारीहरु पठाउने जानकारी उत्तर कोरियाले यसअघि नै दिइसकेको छ ।

उक्त खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरु पनि जाने भएका छन् । यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ । यस खेलकुदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस्, जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस् भन्ने आग्रह दक्षिण कोरियाले गरेको थियो ।

यस्तो आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो । यति मात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकुदमा एउटै अथवा संयुक्त झन्डामा सँगसँगै मार्च गर्न समेत सहमति जनाएकाले उक्त खेलकुदलाई एक किसिमले सौहार्द्र वातावरणका रुपमा लिन सकिने पर्यवेक्षकहरुले जनाएका छन् ।

युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको उच्चस्तरीय कोरियाली वार्तापछि तिनीहरुले आइस हकी खेलको महिलातर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति जनाएका छन् । यी दुई देशबीच यो स्तरको वार्ता करिव २ वर्षयता पहिलो पटक भएको थियो । सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि यसै हप्ता पनि दुई देशका अधिकारीहरुबीच कार्यसमूहको अर्को वार्ता पनि भएको थियो ।

यी दुई वार्तापछि सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाउन उत्तर कोरिया सहमत भएको थियो । यससँगै दुई वर्षयता पहिलो पटक यी दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास हुन पुगेको बताइएको छ । यसरी विकसित सम्बन्धलाई जापानले शङ्कास्पद रुपमा हेरेको बताइएको छ ।

उता दुवै देशका तर्फबाट एक खेलमा संयुक्त खेलाडी प्रस्तुत गरिएको घटनालाई दक्षिण कोरियाका परम्परावादी समाचार माध्यम र केही उच्चपदस्थ अधिकारीले समेत त्यसो नगर्न भनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर