newskoseli.Com

प्रभावकारी बन्दै ‘डेरी पकेट कार्यक्रम’…

दूध उत्पादन बढाउन सञ्चालन गरिएको डेरी पकेट कार्यक्रम कृषकमाझ प्रभावकारी बनेको छ ।

जिल्ला पशुसेवा कार्यालयले कृषकलाई व्यवसायिक पशुपालनमा आकर्षित गराई जिल्लामा दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट कृषकको जीवनस्तर उकासिँदै गएको छ ।

माथागढी गाउँपालिका– २, रुप्सेमा सञ्चालन भएको यस कार्यक्रमबाट यहाँका २८ घरधुरी लाभान्वित भएका छन् । २०६७ मा सुरु भएको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियानका कारण कृषकले अनिवार्य रुपमा कम्तिमा दुई वटा उन्नत जातका गाई पालेका छन् ।

“एउटा कृषकले २० लिटरदेखि बढीमा १ सय लिटरसम्म दूध बिक्री गर्ने गरेका छन्”– पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले भने । सो क्षेत्रबाट दैनिकजसो ५ सय लिटरभन्दा बढी दूध बजारमा बिक्री हुँदै आएको छ ।

पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत प्रतिकृषक २ हजार ५ सय रूपैयाँ र गाई ढुवानी खर्चवापत १ हजार रूपैयाँ अनुदान सहयोग गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर