newskoseli.Com

चौलागाईंको ‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ ।

लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पारेको पुस्तक  बिहीबार राजधानीमा आयोजित समारोहमा लोकार्पण गरियो । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र जुम्लेली समाजले आयोजना गरेको पुस्तक लोकार्पण समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङले कर्णाली नेपालको सांस्कृतिक ढुकुटीका रुपमा रहेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले कर्णालीकै स्थायीवासीले लेखेको पुस्तकका सूचना आधिकारिक हुने विश्वास व्यक्त गरे । प्रा.डा. सुरेन्द्र केसीले कर्णालीको यातायात संरचनामा वार्षिक सयौं मानिस मर्ने गरेकोप्रति राज्यसंयन्त्रको ध्यान जान नसकेको बताए ।

कार्यक्रममा देउडा गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी, पत्रकार प्रेम कैदीलगायतले कर्णालीको संस्कृतिका विषयमा अझै पर्याप्त चर्चा हुन नसकेको गुनासो गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर