newskoseli.Com

कृषि क्षेत्रको विकासका लागि एकै जिल्लामा ८० करोडको लगानी

कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिव ८० करोड रूपैयाँ लगानी भएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको २८ करोड ६५ लाख २७ हजार ४ सय ५७ अनुदान र सेवाग्राहीको ५० करोड ७९ लाख ६२ हजार २ सय ८४ गरी कूल ७९ करोड ४४ लाख ८९ हजार ७ सय ४१ रूपैयाँ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती ५, जडीबुटी १, कोल्डस्टोर २, बजार व्यस्थापन ५ र अदुवा मसला उत्पादन तथा प्रशोधन ४ गरी कूल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएको हो ।

यसरी सञ्चालन भएका उपआयोजनामध्ये ५७ वटा सम्पन्न भएका छन् भने ३ वटा योजना सम्झौता हुन नसकेको जानकारी शर्माले दिए । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिफे समेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिए ।

व्यापारिक, कृषि तथा पर्यटन महोत्सव सुरु

दाङमा तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका– १०, नारायणपुरमा शुक्रबारदेखि महोत्सव सुरु भएको हो ।

कृृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन ‘दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा व्यापारिक, पर्यटन, कृषि एवं अन्य स्टल राखिएका छन् ।

करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा करिव ३ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दाहालले जानकारी दिए । महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर