newskoseli.Com

आठराईमा बहुभाषिक कविगोष्ठी

आठराई गाउँपालिका– ५, छातेढुंगामा बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा दीपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा साेमबार भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कवि सहभागी भए ।

गोष्ठीमा राई वान्तवा, लिम्बू, तामाङ र नेपाली भाषाका ३६ कविले कविता वाचन गरेको स्थानीयवासी सोमनाथ आचार्यले बताए । सहभागी कविलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरियाे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा साहित्यिक उपसमितिका संयोजक भीम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । आइतबारदेखि सुरु भएको दीपावली मेलाअन्तर्गत विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भइरहेका छन् । २०३९ देखि लाग्दै आएको मेलामा फुटबल, भलिबललगायतका खेल सञ्चालन हुने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर