newskoseli.Com

यी हुन् नेपालकै सबैभन्दा होचा मान्छे– प्रकाश सरदार !

एउटा गहन आलेख– विराटनगर– १९, बैजनाथपुर, नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ ३१ इन्च मात्र छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएका छैनन् ।

तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटे । प्रकाश नेपालकै होचा व्यक्ति हुन सक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक ३ हजार रूपैयाँ आन्तरिक स्रोतबाट उपलब्ध गराउने घोषणा उनले गरे ।

नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने– “प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् तर यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौं ।” प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने पराजुलीले बताए ।

नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालै मात्र विराटनगर– १९ का वडाध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्तावापत मासिक २ हजार रूपैयाँ दिने गरी रातो कार्ड बनाइएको छ ।

“मैले धेरै ठाउँमा सोधखोज गरें तर प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु”– वडाध्यक्ष सरदारले भने । संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका थिए, उनको निधन भइसकेको छ । खगेन्द्र थापामगर ९पोखरा० को उचाई २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौंका दीपेनको उचाइ ३१ इन्च थियो, केही महिनाअघि उनको पनि निधन भयो । “नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं”– प्रमुख पराजुलीले भने ।

केही वर्षअघि क्यान्सरबाट प्रकाशका बाबु नकुवाको निधन भइसकेको छ, आमा विमला घरेलु कामदारका रुपमा काम गर्छिन् । उनका एक दाइ छन् श्यामसुन्दर । विराटनगर– १९ मा स–साना बालबालिकाका साथी बनेर प्रकाश दिनचर्या बिताइरहेका छन् ।

उता, मोरङको सुन्दरहरैंचा नगरपालिकाले पनि देशकै होची महिला सार्वजनिक गरेको थियो । प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैंचा– ४ निवासी रमेशप्रसाद मुरर ऋषिदेवकी १९ वर्षीया छोरी मालती (उचाई ३२ इन्च र वजन १४ किलो) लाई सार्वजनिक गरेका थिए ।

प्रमुख ढकालले नगरपालिकाबाट मालतीलाई सामाजिक सुरक्षा भत्तावापत मासिक २ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर